२०१९ पुलवामा हमला
२०१९ पुलवामा आतंकी हमला | |
---|---|
को भाग जम्मू और कश्मीर में विद्रोह | |
स्थान | लेथिपुर, अवन्तिपोरा, पुलवामा, भारत |
निर्देशाङ्क | ३३°५७′५३″N ७४°५७′५२″E / ३३.९६४६७८°N ७४.९६४५१९°Eनिर्देशाङ्कहरू: ३३°५७′५३″N ७४°५७′५२″E / ३३.९६४६७८°N ७४.९६४५१९°E |
मिति | १४ फेब्रुअरी २०१९ |
लक्ष्य | सुरक्षा कर्मी |
मृत्यु | कम्तिमा ४४ सुरक्षाकर्मी र एक हमलाकरी |
घाइते | ३५ |
अपराधीहरू | जैश-ए-मोहम्मद |
१४ फेब्रुअरी २०१९ मा, जम्मू श्रीनगर राजमार्गमा भारतीय सुरक्षाकर्मीको सवारी वाहनमाथि एकठूलो आत्मघाती हमला भयो , जसमा ४४ सुरक्षा कर्मीको ज्यान गयो।[१] यो हमला जम्मू कश्मीर को पुलवामा जिल्लाको अवन्तिपोराको लेथपोरा इलाकामा भएको हमला थियो, जसमा परिणाम स्वरूप ४४ केन्द्रीय रिजर्व पुलिस बलको सुरक्षाकर्मीको मृत्यु भयो ।[२] कश्मीरको पुलवामामा अर्धसैनिकहरूलाई लक्षित गरी बिहीवार भएको आत्मघाती आक्रमण जैश-ए-मोहम्मदले गराएको आरोप भारतले लगाएको छ।[३]
हमला
[सम्पादन गर्नुहोस्]प्रहरीले जनाए अनुसार विस्फोटक पदार्थले भरिएको एउटा कार अर्धसैन्य बलका जवान बोकेको बससँग ठोक्काइएको थियो। रिपोर्ट्समा बताइए अनुसार आतंकबादीले प्रयोग गरेको गाडी महिन्द्रा स्कर्पियो थियो । जसमा ३०० किलोग्राम भन्दा अधिक विस्फोटक थियो। घाइतेलाई हमलाको स्थानबाट २० किमीको दुरीमा रहेको श्रीनगरको सेना बेस अस्पतालमा लागिएको थियो । पाकिस्तानस्थित इस्लामिक समूह जैश-ए-मोहम्मदले उक्त हमलाको जिम्मेवारी लिएको छ।
सन् २०१६ मा भारतीय सैन्य क्याम्प उरीमा भएको हमलापछि सुरक्षा फौजमाथि भएको यो सबैभन्दा ठूलो रक्तपातपूर्ण हमला हो।
प्रतिक्रिया
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ "घाटी में हुए सबसे बड़े आतंकी हमले में 44 CRPF के जवान शहीद, पढ़ें हमले से जुड़़े हर प्रमुख अपडेट्स", लाइव हिंदुस्तान, १५ फरवरी २०१९, अन्तिम पहुँच १५ फरवरी २०१९।
- ↑ "कश्मीर में अब तक का सबसे बड़ा हमला, आत्मघाती धमाके में 44 जवान शहीद" (हिन्दीमा), आज तक, अन्तिम पहुँच १५ फरवरी २०१९।
- ↑ "भारत प्रशासित कश्मीरमा सन् २०१६ पछिकै सबैभन्दा ठूलो आत्मघाती हमला", [१], अन्तिम पहुँच १४ फेब्रुअरी २०१९।