चिनियाँ गृहयुद्ध
चिनियाँ गृहयुद्ध 国共内战 | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
अन्तरयुद्ध काल, चीनको जनवादी क्रान्ति र शीत युद्ध (सन् १९४७ देखि)को भाग | |||||||||
| |||||||||
| |||||||||
योद्धा | |||||||||
सन् १९२७–१९३६: | सन् १९२७–१९३६: | ||||||||
१९४५–१९४९: | १९४५–१९४९: | ||||||||
सेनापतिहरू | |||||||||
|
| ||||||||
शक्ति | |||||||||
मृत्यु र क्षति | |||||||||
| |||||||||
चिनियाँ गृहयुद्ध (国共内战) गणतन्त्र चीनको कुओमिन्ताङ-नेतृत्वको सरकार र चिनियाँ कम्युनिस्ट पार्टीका सेनाहरूबीच लडिएको थियो, १ अगस्ट १९२७ देखि ७ डिसेम्बर १९४९ सम्म सशस्त्र द्वन्द्व निरन्तर जारी रह्यो, फलस्वरूप चिनियाँ कम्युनिस्ट पार्टीको विजय र चिनियाँ कम्युनिस्ट क्रान्तिमा मुख्यभूमि चीनको नियन्त्रण भयो।
युद्धको समयरेखालाई सामान्यतया सन् १९२७ देखि १९३७ को बीचमा लडेको पहिलो कुओमिन्ताङ–कम्युनिस्ट गृहयुद्ध र सन् १९४५ देखि १९४९ को बीचमा लडेको दोस्रो कुओमिन्ताङ–कम्युनिस्ट गृहयुद्धमा विभाजन गरिएको छ। सन् १९३७ देखि १९४५ सम्म, दोस्रो संयुक्त मोर्चाले दोस्रो विश्वयुद्धका सहयोगीहरूको सहयोगमा दोस्रो चीन-जापान युद्ध लडेका कारण शत्रुतालाई प्रायः स्थगित गरिएको थियो।
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]चिङ राजवंशको पतन र सन् १९११ को क्रान्तिपछि सन यात-सेनले नवगठित गणतन्त्र चीनको अध्यक्षता ग्रहण गरे र त्यसको केही समयपछि युआन शिकाईले यसको उत्तराधिकारी बने। युआन चीनमा राजतन्त्र पुनस्र्थापना गर्ने अल्पकालीन प्रयासमा निराश भएका थिए र सन् १९१६ मा उनको मृत्युपछि चीन शक्ति सङ्घर्षमा फसेको थियो।
सुन यात-सेनको नेतृत्वमा कुओमिन्ताङले चीनको ठुलो भूभागमा शासन गर्ने र ठोस केन्द्रीय सरकार गठन हुन बाट रोक्ने लडाकुहरूलाई टक्कर दिन ग्वाङ्जाओमा नयाँ सरकार गठन गरेको थियो।[१२]
कम्युनिस्टको जितको कारण
[सम्पादन गर्नुहोस्]- राष्ट्रवादीहरूको कमजोर शासन: राष्ट्रवादी सरकारको असफलताको लगभग सबै अध्ययनहरूले अति मुद्रास्फीतिलाई सरकारको पतनको प्रमुख कारकको रूपमा पहिचान गर्दछ। राष्ट्रवादी सेना र सरकारका नागरिक कर्मचारीहरू हाइपरइन्फ्लेसनबाट सबैभन्दा बढी प्रभावित भए जसले व्यापक भ्रष्टाचार र चोरीलाई उत्प्रेरित गर्यो। सामान्यतया कुपोषित र सुसज्जित नभएका भर्ती भएका सैनिकहरूसम्म थोरै मात्र आर्थिक सहयोग पुगेको थियो।
- कम्युनिस्टहरूको लागि लोकप्रिय समर्थन: यसबीचमा कम्युनिस्टहरूले आफ्नो भूमि सुधारका कार्यक्रमहरूलाई निरन्तरता दिए र ग्रामीण भेगका जनताको समर्थन प्राप्त गरे। कम्युनिस्टहरूको सफलतामा यो एउटा निर्णायक कारक थियो। आन्दोलनको माध्यमबाट जमिन प्राप्त गरेका लाखौं किसानहरू जनमुक्ति सेनामा सामेल भए वा यसको लजिस्टिक नेटवर्कमा सहयोग गरे।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Li, Xiaobing (२०१२), China at War: An Encyclopedia, Bloomsbury, पृ: २९५, आइएसबिएन 978-1-598-84415-3 – Google Booksद्वारा।
- ↑ Li, Xiaobing (२००७), A History of the Modern Chinese Army, University Press of Kentucky, आइएसबिएन 978-0-813-17224-8।
- ↑ ३.० ३.१ Hsiung, James C. (१९९२), China's Bitter Victory: The War With Japan, 1937–1945, M. E. Sharpe, आइएसबिएन 1-563-24246-X।
- ↑ ४.० ४.१ Sarker, Sunil Kumar (१९९४), The Rise and Fall of Communism, Atlantic, आइएसबिएन 978-8-171-56515-3।
- ↑ Cao Qianfa (曹前发), People's Daily (चिनियाँमा) https://web.archive.org/web/20201029065431/https://dangshi.people.com.cn/big5/n1/2017/0622/c85037-29355018.html
|archive-url=
शीर्षक नै (सहायता), मूलबाट २९ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अक्टोबर २०२०। - ↑ Ho, Studies in the Population of China, पृ: २५३।
- ↑ White, Matthew (२०११), Atrocities, W. W. Norton, पृ: ३८१, आइएसबिएन 978-0-393-08192-3।
- ↑ Ho, Studies in the Population of China, पृ: २५३।
- ↑ The History of the Chinese People's Liberation Army. Beijing: People's Liberation Army Press. 1983.
- ↑ "Twentieth Century Atlas – Death Tolls", मूलबाट ५ मार्च २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जुलाई २०१७।
- ↑ "Twentieth Century Atlas – Death Tolls", मूलबाट ५ मार्च २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जुलाई २०१७।
- ↑ March, G. Patrick. Eastern Destiny: Russia in Asia and the North Pacific. (1996). Greenwood Publishing Group. आइएसबिएन ०-२७५-९५५६६-४. p. 205.